माया बिना चल्दो रैछ गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जीन्दगी’ को भिडियो सार्वजनिक भएको छ । रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ । निः सन्तान जोडिको कथामा आधारित रहेको गीतको भिडियोमा प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलिमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा कलाकारहरु प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनयले भिडियो थप स्तरीय बनेको छ । फरक फरक रुपमा देखिएका कालाकारहरुले गेटअपमा पनि राम्रै मिहेनत गरेको देखिन्छ। गीतको भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन् । गीतलाई उत्कृष्ट बनाउने थापाले भरपुर मिहनेत गरेका छन् ।

जुन मिहेनत भिडियोमा देखिएको छ । निः सन्तान दम्पतीको जीवनमा पर्ने मानसिक असर र यसले पारिवारिक जीवनमा पुर्याएको क्षतीलाई मीठो लयमा प्रस्तुत गर्न निर्देशक थापा सफल पनि भएका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भिडियो भकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

For More videos Log on to Mazzako TV