र्याप ब्याटलबाट निकै चर्चित बनेका लाहुरे अर्थात आशिष राणा ले अब भने बोलीको मात्रै होईन, गोलीको पनि ताण्डव देखाउने भएका छन् । किनकी चलचित्रको पोष्टर हेर्दा त्यस्तै लाग्छ । प्रसंग हो हालै सार्वजनिक गरिएको ‘ताण्डव’ पोष्टरको ।

Tandav

चलचित्र ‘ताण्डव’को पोष्टरमा लाहुरे सोलो देखिएका छन् । पोष्टरमा चलचित्रकी नायिका नम्रतालाई कुनै स्थान दिईएको छैन । किन होला त ? त्यो भने निर्माण युनिटलाई नै थाहा होला । लाहुरेको ¥याप ब्याटलको क्रेजलाई पोष्टबाट नै क्यास गर्न शुरु गर्न  थालिएको पनि हुनसक्छ ।

बन्दुक बोकेका लाहुरेको यो रुप निकै डरलाग्दो देखिएको छ । चलचित्र ताण्डबमा आशिष र नम्रताका अलावा अनुप बराल, एलेन गुरुङ्ग, विपिन कार्की लगायतको पनि मुख्य भुमिका रहेको छ ।

चलचित्र ‘ताण्डव’को निर्माण मोहन डोटेलले गरेका हुन् । चलचित्रको निर्देशन मुर्रे केरले गरेका हुन् । चलचित्र ताण्डवमा ग्याङ्गस्टारको कथा देखाउन खोजिएको निर्माण युनिटले जानकारी गराएको छ ।

For More videos Log on to Mazzako TV