लामो समय देखि अमेरिकामा बस्दै आईरहेका व्यवसायी बिरन भट्टराईको लगानीमा निर्माण भएको “सन्नी सन्नी” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गोपी दाहालको शब्द र स्वरमा तयार भएको गीतको भिडियोलाई दर्पण मिडिया युटुब च्यानलबाट रिलिज गरिएको हो । गीतमा रिकेश गुरुङ ‘किज’ को अरेन्ज र एन.के ब्रोदर्सको संगीत रहेको छ ।

गीतले युवा पुस्तालाई बढी केन्द्रित गरेको छ भने गर्मीको मौसमलाई गीतले माया र प्रेम सहित बयान गरेको देखिन्छ । यो गीतको भिडियो निर्माण हुने बेला देखि नै निकै चर्चा भईरहेको थियो । नेपालमा प्राय निर्माण हुने म्युजिक भिडियो भन्दा निकै नै फरक छ यो म्युजिक भिडियो । गीतले जुन किसिमको शब्द प्रवाह गरेको छ त्यसै गरी भिडियोलाई पनि न्यायपूर्ण हिसाबले निर्माण गर्ने काम निर्माण टिमले गरेको छ । म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल निर्देशक राजिव समरको निर्देशनमा यो भिडियो तयार भएको हो ।

भिडियोमा अनील कटवालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र राजेश कुमारको कलर रहेको छ । यस्तै भिडियोमा अर्शु महर्जन, युरिक लामा, अनुराधा ढुंगाना, सलिना चौधरी, प्रेक्षा बानिया, स्वेता श्रेष्ठको अभिनय रहेको छ । काठमाडौँ उपत्यका भन्दा बाहिर यस भिडियोको छायांकन गरिएको हो । गीतको भिडियो हेर्दा बलिउड भिडियोबाट प्रभावित भएको देखिन्छ ।

भिडियोमा हलिउड र बलिउडको स्वाद मिश्रित देखिन्छ । भिडियोमा बिकनी ड्रेसको प्रयोग गरिएको छ । यस गीतको पोस्टर रिलिज हुँदा नै धेरैको माझमा खैलाबैला मच्चीसकेको अवस्था थियो । निर्माण टिमले पनि भिडियोमा ठुलै लगानी गरेको बताएको छ । यस भिडियोका निर्माता बिरन भट्टराईले आफु र आफ्नो टिमले सक्ने मेहेनत गरेर यो भिडियो निर्माण गरेको र यसले सबैलाई मनोरंजन प्रदान गर्ने बिश्वास समेत ब्यक्त गरेका छन् ।

नेपालमा यो भिडियो नया प्रयोग भन्दा फरक नपर्ला तर यो फरकपनले नेपाली दर्शकको माझमा के कस्तो छाप छोड्ने छ त्यो भने हेर्न बाँकि नै छ ।

For More videos Log on to Mazzako TV