भ्वाइस अफ नेपाल सिजन ३ बाट लोकप्रियता कमाएकी गायिका अफ्रिता खड्गीको पहिलो गीत रिलिज भएको छ । ‘कस्तो त्यो बेदनाले’ बोलको गीत हालै युटुबमा रिलिज भएको हो । राज लिम्बुको शब्द संगीत रहेको गीतमा अफ्रिताको स्वर सुन्न सकिन्छ । गीतका एरेन्जर गोपाल रसाइली हुन् ।

सार्वजनिक गीतको भिडियोमा गायिका अफ्रिता खड्गी स्यमंको अभिनय रहेको छ । समृद्धी र सौरभ बाल कलाकारको रुपमा प्रस्तुत भएका छन् । इसाक जबेगु भिडियोका सिनेमाटोग्राफर हुन् । हाङ्ग चेम्जुङ्गले भिडियोको निर्देशन गरेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV