लोकप्रिय गायक राजेश पायल राई ‘राईज किंग’ को ‘देम सारो’ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजेश पायल राईको अफिसियल युटुब च्यानल राजेश पायल राईमा सार्वजनिक भएको हो । राजन मुकारुमको शब्द रहेको गीतमा राजेश पायलकै संगीत र स्वर रहको छ । गीतको अडियो भिडियो रिलिज अघिनै चर्चामा थियो ।

गीतको भिडियोमा गायक राजेश पायल राईको समेत अभिनय छ । राजेशसंगै लोकप्रिय अभिनेता दयाहाङ राई, कलाकार विल्सन बिक्रम राई र रजनी गुरुङ ‘मंगली’ को अभिनय देख्न सकिन्छ । साथै बिषेश भुमिकामा बुद्धी तामाङ प्रस्तुत भएका छन् । भिडियो हेर्दा निकै मज्जा आउँछ । गीतको अडियो पक्ष बलियो छ भने, भिडियोले पनि अडियोलाई न्याय दिएको छ ।

किरण चाम्लिङ राईले भिडियोको निर्देशन गरेका हुन् । भिडियोका कोरियोग्राफर कमल राई हुन् । कोरियोग्राफर राईको काम पनि तारिफ योग्य छ । बिक्रम डिसीको सिनेमाटोग्राफी रहेको भिडियोका सम्पादक मनोज कार्की हुन् ।

For More videos Log on to Mazzako TV