चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले हेकिप्टरमा खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । लुक्का खुम्बुमा औँठी लगाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएकी छिन् । भखरै इन्दिराले आफ्नो फेसबुकमा इन्गेजमेन्ट भएको फोटो समेत सार्वजनिक गरेकी छिन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउँदै आएकी थिइन ।

इन्दिरा नेपाल आइडलको ३ सिजन सम्म जज थिइन् । यतिखेर भने उनि सारेगमप लिटिल च्याम्पको जजमा रहेकी छिन् । उक्त रियालिटि शो ग्यालेक्सी फोर के टिभीमा प्रशारणको अन्तिम तयारीमा रहको छ ।

For More videos Log on to Mazzako TV