नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशी गत वर्षसँग विवाह बन्धनमा बाँधिएका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना भएको थियो ।

यति बेला सामाजिक सञ्जालमा प्रियङ्काले छोरी काखमा लिएको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् ‘छोरी आयंका तिमीलाई यस संसारमा स्वागत छ ।’

For More videos Log on to Mazzako TV