गायक दिनेश गौतमको स्वरमा ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र पुस्तक प्रसादले संगीत भरेका छन् । उदयराज पौडेल गीतका एरेञ्जर हुन् । गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम आँफै फिचर छन् । ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको गीत निकै कलात्मक छ । गीतको अडियो र भिडियो बलियो छ ।

अर्जुन तिवारीले खिचेका भिडियोलाई सोहन मानन्धरले सम्पादन गरेका हुन् । गायक गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा अतिथीको रुपमा उपस्थिति बरिष्ठ संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङले गीतको अडियो र भिडियो पक्षको मुक्तकण्ठले प्रशंसा गरे ।

For More videos Log on to Mazzako TV