निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक गरिएको छ । ‘काटि दिउंला जुङ्गा जम्मै’ बोलको गीत राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वर्गिय खेमराज गुरूङ र रिमा गुरूङ हाडाको स्वर, उमंग लामा र केशव चौलागाइको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ ।

फिल्म असोज २६ गते फुलपातीको दिन अलनेपाल सार्वजनिक हुदैछ । साथै ओटीटीमा एकसाथ रिलिज हुने छ । भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने, राजिब, प्रभात, अस्मिता, प्रदिप, अप्स्ना लगायत फिचर्ड छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । लामीछानेले करिब दुईसयभन्दा बढि गीतमा कोरियोग्राफी गरिसकेका छन् ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन,मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।

For More videos Log on to Mazzako TV