हाँस्यकलाकार जहाँ पुग्छन्, त्यहाँ हाँसो र ठट्टा र शुरु भई नै हाल्छ । यस्तै दृश्य हाँस्यकलाकार पल्पसा डंगोलको जन्मदिनमा पनि देखियो । उनले मंगलबार जन्मदिन मनाईन् ।

अघिल्लो साल च:मति बालाजुस्थित आफ्नै घरमा कलाकार र साथीहरुसँग जन्मदिन मनाएकी चम्सुरी अर्थात पल्पसाले यो बर्ष भने जमलस्थित एक होटलमा सबैलाई पार्टी दिएर मनाईन । जन्मदिनमा उनलाई शुभकामना दिन नेपाली हाँस्यकलाकारहरुको बाक्लो उपस्थिति देखिएको थियो ।

Palpasa 1

उनको जन्मदिनको रमाईलो कुरा के छ भने, उनलाई सधै जन्मदिनमा तरकारी उपहार दिने किरण केसी, शिवहरी पौडेलले यसपाली भने फलफुल उपहार दिएका छन् । तर मेरी बास्सैका ‘धुर्मुस’ अर्थात सिताराम कट्टेल र रेडियो अडियो परिवारले भने उनलाई एक झोला तरकारी उपहार दिएको देखियो । “धेरै धेरै धन्यवाद अब एक हप्तालाई मलाई तरकारी नै किन्नु नपर्नेभयो” उपहार लिदै चम्सुरीले भनिन् ।

जन्मदिन मनाईरहेकी उनलाई सोधियो ‘आज कतिऔ जन्मदिन हो त ?’ सदा झै यसपाली पनि उनको पुरानै जवाफ आयो, ‘उमेर भन्दिन आफै हिसाव गर्नुस्, म २०३३ सालमा जन्मिएकी हुँ ।’ भीडमा हाँसो गुन्जियो, ठट्टा र रमाईलो शुभकामनाको श्रंखला पुन: शुरु भयो । हाँस्यकलाकार दिपकराज गिरी, निर्मल शर्मा, अंशु महर्जन लगायतले पनि चम्सुरीलाई रमाईलो शुभकामना दिएर सबैलाई हसाए ।

Palpasa 2
पल्पसा १७ बर्षअघि मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी हुन् । विभिन्न हाँस्य टेलिश्रंखलामा काम गरेकी पल्पसाले नगद नारायण र माटो बोल्छ लगायतका फिल्ममा सहनायिका भएर पनि काम गरिसकेकी छिन् । यतिबेला उनी विभिन्न स्कुलहरुमा नृत्य सिकाउछिन् ।

For More videos Log on to Mazzako TV