गायक महेन्द्र राज बरालको नयाँ गीत ‘साँचो माया गर्छु’ सार्वजनिक गरिएको छ । गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको यस गीतमा यादव लम्सालको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भिडियोमा सिर्जन बरालको निर्देशन रहेको छ ।

गायक महेन्द्र राज बरालले ‘साँचो माया गर्छु भन्नेलाई’ गीतमा टिकटक प्रतियोगिता समेत घोषणा गरेका छन् । प्रथम हुनेलाई २५ हजार रुपैंया नगद उपहारको घोषणा गरिएको छ । टिकटक प्रतियोगिता असोज ३० गते सम्म रहनेछ भने ३१ गते बिजेताको घोषणा गरिनेछ । टिकटकको लाइक, कमेन्ट, भ्युजको आधारमा बिजेता उपहार पाइनेछ ।

गायक बरालको ‘साँचो माया गर्छु भन्नेलाई’ अघि गायक महेन्द्रको ‘तिमी कहाँ, जोगी हैन भोगी , नभए सहारा, बोलिदेउ सान्नानी’ ,सानुमाया गीतहरु दर्शकमाझ चर्चित छन् ।

For More videos Log on to Mazzako TV