नेपाल आइडल बुद्ध लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत बुधबार बुद्धको अफिसियल युटुब च्यायन ‘बुद्ध लामा’ मा सार्वजनिक भएको हो । गीतमा बुद्धको आफ्नै संगीत, स्वर अनि स्वरमा रचना रिमालले साथ दिएकी छिन् । शब्द अब्लिन थापा र अलेक लामाको छ ।

‘जाले रुमाल’ को भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारी, केशव थापा र केविका खत्री मिलेर गरेका छन् । भिडियोमा बुद्ध लामा, केविका खत्री, प्रमोद भण्डारी, सृष्टि केसी, केशव थापा, उमेश राई (फुलेन्देको आमा) लगायत प्रस्तुत छन् । सागर प्रधानले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV