करीब २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ । त्यो बेला सम्पुर्णको मनमा बस्न सफल गीतलाई नयाँ प्रबिधी, नयाँ संगीत संयोजनसंगै भोकल पनि फेरी गरेर सार्वजनिक गरिएको हो । प्रमोद निर्वाणलाई फिमेल भर्सनमा सरला बी.सी.ले साथ दिएकी छिन् ।

भिडियोमा सागर लम्साल बले, शिक्षा संग्रौला, कुशल बिस्ट र संजीता पान्डेको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इटरटेन्मेन्टको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको छ । केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खडकाको नै रहेको छ ।

For More videos Log on to Mazzako TV