गायक कृशल कंडेलको ‘आडेर घुँघट’ सफलतापछि ‘आडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘द प्रिमियर प्रोडक्सन’ नामक युटुब च्यानलमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायक कृशल कंडेलसंगै मेलिना मैनालीको स्वर सुन्न सकिन्छ । दीपक आचार्य ‘काकु’ ले लेखेको गीतलाई अर्जुन पोख्रेलले संगीत भरेका हुन् ।

गीतको भिडियोमा कृशल कंडेलसंगै मेलिना मैनालीकै अभिनय छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको भिडियोलाई चन्द्रन दत्तले सम्पादन गरेका हुन् । भिडियोलाई सुश्मा गुरागाँईले निर्माण गरेकी हुन् ।

For More videos Log on to Mazzako TV