नायिका तथा मोडल आश्मा गिरी र कलाकार कुशल विष्टको अभिनय रहेको ‘थाहै नपाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘कायरोज स्टुडियो’ नामक युटुब च्यानलमा रिलिज भएको गीतमा आश्मा र कुशललाई रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतमा आरके खत्री र मेलिना मैनालीको स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा संगीत पनि गायक खत्रीले नै तयार गरेका हुन् ।

सहिन प्रजापतिको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको तथा भीएफएक्सको काम रुपेश खड्काले गरेका छन् । भिडियोमा प्रलव ढुंगाना र कौशलराज खड्काको लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV