लोकप्रिय गायक धर्मेन्द्र सेवानको ‘टल टल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार धर्मेन्द्रको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो उनको आफ्नै युटुब च्यानलमा सार्वजनिक भएको हो । पछिल्लो समय बजारमा आइरहेका गीतहरु भन्दा निकै फरक शैलीको गीत धर्मेन्द्रले पस्केका छन् । गीत सुन्दा लाग्छ श्रोताको मन बस्नेछ । यसअघि पनि ‘माया मारेर’ सर्वाधिक दर्शक श्रोताको माया पाएको थियो ।

भिडियोमा धर्मेन्द्रसंगै सुमिना सिंह र सार्थक सेवानको अभिनय देख्न सकिन्छ । भिडियो लाटोकोसेरो फिम्स्को प्रोडक्सन गरेको हो । भिडियोको कलर र भि.एफ.एक्स बिजेश पौडेलले गरेका हुन् । भि.एफ.एक्सले भिडियोलाई अझ मज्जाको बनाएको छ । साथैको कथा र कन्सेप्पले मन छुन्छ । निर्देशक बिजेश पौडेलको काम तारिफ योग्य छ ।

For More videos Log on to Mazzako TV