भ्वाइस अफ नेपाल सिजन ३ बाट लोकप्रियता कमाएका गायक ज्वाला राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ज्वालाको स्वर रहेको ‘शितल शितल’ बोलको गीतको भिडियो शुक्रबार ज्वालाकै अफिसियल युटुब च्यानलमा ज्वाला राईमा रिलिज गरिएको हो । ज्योति राईको शब्द रहेको गीतमा सुरज तामाङको संगीत रहेको छ । गीतका एरेन्जर देबेश राई हुन् । गीतको अडियो सुन्दा सिम्पल तथा सरल सबैको मनमा बस्न सक्ने लाग्छ ।

सार्वजनिक भिडियोमा गायक ज्वालासंगै भ्वाइस अफ नेपाल सिजन ३ बाटै चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको अभिनय छ । ज्वाला र अफ्रिताको केमेष्ट्रि निकै मज्जाको देखिएको छ । साथै भिडियोमा सुरज तामाङ र मनोज थापा मगरको पनि अभिनय देख्न सकिन्छ । बिशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरका हुन् । भिडियोका निर्देशक सुरज तामाङ हुन् । सुरजको काम पनि तारिफ योग्य छ ।

ज्वाला, अफ्रिता र सु्रजसंग गरिएको मज्जाको गफगाफ पनि हेर्नुहोस् :

For More videos Log on to Mazzako TV