नरेन खड्काले रेखा थापासँग ‘हमेशा’ चलचित्रबाट नायकको रुपमा डेब्यु गरेका थिए । त्यसपछि पनि उनले केही चलचित्रहरु जस्तो परदेशी, एउटा यस्तो प्रेम कहानी लगायतमा पनि अभिनय गरेका छन् भने केही म्युजिक भिडियोहरुमा पनि उनले आफ्नो काम देखाएका छन् । भारतमा अभिनय सिकेर आएका यि नायकको ‘गहना’ भर्खरै सार्वजनिक भएको छ ।

‘गहना’ यो फिचर फिल्म नभएर टेलिफिल्म हो, जसलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । श्रीमान श्रीमतीको बिशेष गरेर गहनाको कारणले हुने घर झगडा र त्यसले निम्त्याउने परिणामलाई यो लघुचलचित्रमा देखार्ईएको छ, जुन तपाई युट्युबमा सर्च गरेर हेर्न सक्नुहुनेछ ।

३२ मिनेट लामो यो लघु चलचित्रमा गहनाकै कारणले गर्दा माईत जान नसकेकी पत्नीका लािग गहना जोहो गर्न पतिले कतिसम्मको जोखिम मोल्न सक्छ लगायत बिषयलाई देखाईएको छ । बिशेषत हाम्रो सामाजिक समस्या, बेरोजगारी, आर्थिक अभाव अनि देखासिखी पनाले समाजलाई कसरी खोक्रो बनाईरहेको छ भन्ने बिषयलाई यो लघुकथाले बोलेको छ ।
पहिलो भागमा सस्पेन्स राखिएको यो लघु चलचित्रको तेस्रो भागसम्म निर्माण हुने भनेर निर्देशक लक्ष्मण सुवेदी जानकारी गराउछन् । यो लघु चलचित्रमा नायिक नरेख खड्का सहिट साया भण्डारी र पुरन थापाको मुख्य भुमिका रहेको छ ।

लक्ष्मण सुवेदीकै कथा रहेको यो लघु चलचित्रलाई बिमल ढकालले खिचेका हुने भने ललितसिंह साउदले सम्पादन गरेका हुन् । सहायक निर्देशनको मोर्चा बिनय पौडेलले सम्हालेका छन् भने संगीन बिनोद भुजेलको रहेको छ । यो लघु चलचित्रलाई काठमाण्डौं आसपासमा नै खिचिएको निर्देशकले जानकारी गराएका छन् । गहनाका निर्देशक लक्ष्मणले यसअघि एउटा ‘साथी’ ‘लालजोडी’ लगायत चलचित्रको निर्देशन समेत गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV