सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल मा प्रर्दशन भएको मात्रै होईन, निकै राम्रो प्रतिक्रिया पनि पाएको फिल्म हो । अब फेरि यो फिल्म चेक रिपब्लिकको फिल्म फेष्टिबलमा पनि प्रर्दशनका लागि छानिएको छ । तर यसपाली भने यो सिनेमा प्रतिस्पर्धाको लागि भने प्रर्दशन हुन लागेको होईन ।

अप्रतिस्पर्धी बिधामा यो फिल्म चेक रिपब्लिकको फिल्म फेष्टिबलमा प्रर्दशन हुन लागेको हो । यो फेस्टिभल बालबालिका तथा युवा लक्षित फिल्म फेस्टिभल हो । फेस्टिभलमा बिहीबारबाट सुरु भएर अर्को बुधबारसम्म चल्नेछ । ऐना झ्यालको पुतली’ फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका ९विद्या०को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ ।

सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । भाइले दिदीलाई शहरमा पढ्न पठाउन गरेको संघर्षलाई सिनेमाले बोलको छ । फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

For More videos Log on to Mazzako TV