नायक आमेष भण्डारीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर आफ्ना स्वर्गीय पितालाई गीत मार्फत सम्झिएका छन् । आमेशको आफ्नो शब्द, संगीतमा तयार भएको यो गीतमा उनी स्वयंले आवाज दिएका छन् । भिडियोमा आमेशको पिताको भुमिकामा भने सोभित बस्नेतले अभिनय गरेका छन् ।

नायक आमेश भण्डारीले यसै बर्ष आफ्ना पितालाई गुमाएका हुन् । आमेशको उनका पितासँग साथीजस्तो सम्बन्ध रहेको थियो । पिताको माया, साथ र हौसलाले नै उनी सिने क्षेत्रमा आएको बताउछन् । पिताले छाडेर गएपछि उनी निकै बिछिप्त भएका थिए । निकै लामो समय सम्म उनी आँशु मै डुबेका थिए । आफ्नो पिडा र क्रन्दनलाई उनले गीतको माध्यमबाट प्रस्तुत गरेका छन् । गीतका शब्दहरु निकै मर्मस्पर्शी छन् । तपाईले भिडियो हेर्नु भएको छ भने तपाईले पनि फिल गर्नु नै भएको होला । छैन, भने कृपया युट्युबमा गएर हेर्न सक्नुहुनेछ ।

आमेशले आफु जस्तै बाबा गुमाएकाहरुको भावनालाई गीतमा प्रस्तुत गरेको भनेर बताएका छन् । म जस्तै धेरैले आफ्ना पिता गुमाउनु भएको छ होला, मेरो जस्तै अरुको पनि पिडा छ होला, सबैलाई भन्न चाहन्छु, हिम्मत हार्नु हुदैन, अघि बढ्दै जानु पर्छ । बाबा सदैव हाम्रो साथमा अदृश्य शक्ति बनेर रहिईहनुहुनेछ । गीतलाई दर्शकले मन पराईदिनुभएकोमा पनि आभारी छु भनेर आमेशले सुनाएका छन् ।


बाबा टाईटलको यो गीतलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । गीतलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । नायक आमेश भण्डारी बेला बेला गीत पनि गाँउछन् । उनले यसअघि मेरो लागि तिमी, रुम नम्बर १०८ लगायत गीत पनि निकालिसकेका छन् । फूलै फूलको मौसम तिमीलाई चलचित्रबाट नायकको रुपमा डेब्यु गरेका आमेशले मेला, तँ म र उ लगायत चलचित्रहरुमा पनि काम गरेका छन् । आमेशको गीत तपाईलाई कस्तो लाग्यो ?

For More videos Log on to Mazzako TV