निर्देशक शोभित बस्नेतको छायांकनरत ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर फिल्म युनिटले सार्वजनिक गरेको छ । चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेतलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा लगाएका छन् । दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

For More videos Log on to Mazzako TV