नायक आकाश श्रेष्ठ र लोकप्रिय ट्वीनी गल्र्स प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नगमा’ गीतको भिडियो युटुव ट्रेन्डिङको सुचिमा परेको छ । गायक स्वरुपराज अचार्यको स्वर रहेको गीत चौथो नम्वर ट्रेन्डिङमा पर्न सफल भएको हो । गीतलाई यो समाचार तयार पार्दा सम्ममा ४ लाख ५ हजार भन्दा बढी पटक हेरिएको छ । भिडियोका निर्देशक माइकल चन्द हुन् ।

दिपक शिलवालको शब्द एंव संगीत रहेको तिम्रै नगमा गीतमा एरेञ्ज किरण कंडेलको छ । उत्सब दहालको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । तिम्रै नगमा गीत र भिडियोलाई दर्शक एंव श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

For More videos Log on to Mazzako TV