निर्देशक कृष्ण पौडेल निर्देशित तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
हिन्दु नारीहरुको महान चाड तीज लाई लक्षित गर्दै गायिका एलिना चौहानको स्वरमा रहेको तीज अयो बोलको तीज गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक गीतमा इन्दु दनुवारले मौलिक शब्द प्रस्तुत गरेकी छिन् ।
भिडियोमा इन्दु दनुवार,बिष्णु थामी र प्रकाश क्षेत्रिको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन रहेको छ ।
प्रतिभा चाम्लिंगले कोरियोग्राफी गरेको भिडियो गायिका एलिना चौहानको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

For More videos Log on to Mazzako TV