गायक सरोज ओलीको ‘माछीले खाने खोलीको लेउ’ सफलतापछि ‘माछिलाई खोलीको लेउ’ सार्वजनीक भएको छ । ‘माछीले खाने खोलीको लेउ’ लाई करिब ५ करोड पटक हेरिएको छ । सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।

सोहि गीतको दोश्रो पार्ट ‘माछिलाई खोलीको लेउ’ सार्वजनिक गरिएको हो । गीतमा बरिष्ठ कलाकर हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ । गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग ÷ मास्टरिङ्ग गरेका छन्।

विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा वरिष्ठ कलाकार हरिवंश आचार्य, सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारि र अभिनेता पल शाह फिचर रहेका छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV