अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिकको उद्घाटन गरेका छन् । शनिबार दीपिका र दिवाकर धनगढीमा बुटिक रिबन काट्दै उद्घाटन गरेका हुन् ।

रिबन काट्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामना दिइन् । ‘आफू जन्मिएको ठाउँमा यत्ति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुशी लागेको छ,’ उनले बताइन् ।
कविता सिवाकोटीले उक्त बुटिक सञ्चालन गर्न ल्याएकी हुन् । सिवाकोटीले ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

For More videos Log on to Mazzako TV