लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘पहिलो माया’ बोलको गतिको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतले माया प्रेमको महोल देखाएको छ । लक्ष्मण शर्माको स्वर रहेको यो नै पहिलो गीत हो । शर्माको गायनमा राम्रो सम्भावना देखिन्छ ।

गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो ।
भिडियोतर्फ गायक शर्मा स्वयंम फिचर्ड रहँदा उनको अपोजिटमा मोडल अस्मिता पन्तले जोडी बाँधेकी छिन् । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।

भिडियोः

For More videos Log on to Mazzako TV