नायिका बर्षा शिवाकोटी पछिल्लो समय उनको अभिनयले भन्दा प्रेम प्रशंगले बढी चर्चामा आउने गर्छिन । केही अघि लभगभ १७ महिना जति अमेरिकामा बस्ने सविन जंग थापासँगको प्रेम चर्चाले बजार गर्माएको थियो । सविनसँग ब्रेकअप भयो, त्यसपछि बर्षाको यता चलचित्र बिकास बोर्डका सदस्य राज कट्वालसँग प्रेमको चर्चा चल्न थाल्यो । यतिबेला यो जोडी अर्थात बर्षा र राज कट्वाल प्रेममा मधमस्त छन् । सारा जगजाहेर छ, उनीहरुको प्रेमको बारेमा ।

सामाजिक सञ्जालमा पनि छताछुल्ल नै छ तर पनि यि दुईले अझै पनि खुलेर मिडियाका सामु भने आफ्नो प्रेमलाई स्वीकार गरेका छैनन् । अझै पनि भनिईरहेका छन्, हामी मिल्ने साथी हौ भनेर ।

गत बर्षको होली सँगै मनाएका यि जोडी आजकाल प्राय सँगै देखिन्छन् । एक अर्काको साथ पाउदाँ यि दुई निकै खुशी पनि देखिएका छन् । प्राय सामाजिक सञ्जालहरुमा पनि यि दुईले एक अर्कासँगका तस्वीरहरु सेयर गरिरहेका हुन्छन् । राज बर्षासँग हुदाँ संसार भुल्छन् भने यता बर्षा पनि राजको साथ पाएर निकै खुशी देखिएकी छिन् ।

बर्षालाई राजको हाँसीईरहने बानी निकै मन पर्छ रे । कोरोना भाईरसका करण भएको लकडाउनले गर्दा प्रत्यक्ष भेट्न नपाएका बर्षा र राज, लकडाउन खुकुलो भएसँगै प्रायजसो दैनिक उनीहरु भेटेर रमाईरहेका छन् । यही मंगलबार पनि उनीहरु स्नेहा आश्रममा एकजनाको बर्थडे मनाउन सँगै पुगेका थिए । यता साँझ बर्षाले इस्टाग्रामको स्टोरीमा राजसँगको तस्वीर समेत सेयर गर्न भ्याईन् ।

मिडिया अघि साथी साथी भनेपनि सामाजिक सञ्जालमा प्रेम छलंग देखिएको छ । एक अर्कासँगका सामिप्यताका पलहरु सामाजिक सञ्जालमा यि दुईले सेयर गरिरहेका हुन्छन् । अब फिल्म बजारमा हल्ला त के सम्म छ भने यो जोडी चाँडै नै बिवाह बन्धनमा समेत बाँधिदैछ रे । अब यि दुईको बिहे होला या नहोला, भए कहिले होला ?

For More videos Log on to Mazzako TV