सलोन सलिना फिल्मस्को व्यानरमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । ‘हेल्लो ब्रो’ को आईतबार ट्रेलर रिलिज भएको छ । सिरिज श्रावण ७ गतेबाट हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।

सुरेश न्यौपानेको निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।
सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन रहेको छ ।

सिरिज ‘हेल्लो ब्रो’ मा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

For More videos Log on to Mazzako TV