टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ को प्रसारण शुक्रबार (आज) बाट शुरु हुने भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै छायांकन गरेर आजबाट शो प्रसारणमा ल्याउन लागिएको हो । दोस्रो लहरको कोरोना संक्रमण बढेपछि ‘शो’ रोकिएको थियो ।

‘सिजन २’ मा यसअघि १६ भागसम्म प्रसारण भएको छ । अब शोमा उत्कृष्ट ९ प्रतिस्पर्धीको प्रस्तुति आज प्रशारण हुनेछ । थ्री प्रोडक्सनको तर्फबाट निर्माण भइको कमेडी च्याम्पियनमा विशाल भण्डारी निर्देशक छन् ।

कमेडी च्याम्पियनको निर्णायकमा भेट्रान कमेडियन सन्तोष पन्त र मनोज गजुरेलसँगै निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा छन् ।

For More videos Log on to Mazzako TV