निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको ८४ बर्षको उमेरमा निधन भएको छ । उनको छाउनीस्थित अस्पतालमा निधन भएको हो । गत आइतबार उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि उनको छाउनीमा उपचार भैरहेको थियो ।

उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । नेपाली फिल्म क्षेत्रमा कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायतका फिल्म निर्देशन गरेका छन् । उनले सय भन्दा बढी फिल्मको कथा समेत लेखेका छन् ।

उनले थुप्रै फिल्ममा गीत समेत कोरेका छन् । कार्कीलाई नेपाली फिल्ममा कलाकारहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अभिनेता तथा निर्देशक निर शाह, अभिनेत्री करिश्मा मानन्धर लगायतले उनलाई सामाजिक संजालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

For More videos Log on to Mazzako TV