निरायु गौतमको ‘मायाको पानामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । एलिना चौहान र निरायु गौतमको स्वर रहेको गीत शुभारम्भ डिजिटल म्युजिकको युटुबमा सार्वजनिक भएको हो । गीतमा संगित, एरेन्जर ओम सुनारको रहेको छ ।

गणेश गिरि निर्देशित भिडियोमा ’तितो सत्य’ टेलिशृङ्खलाका राज आचार्य र ‘सक्किगोनी’ की मुन्नी अर्थात प्रियना आचार्य अभिनय रहेको छ । गायक निरायु गौतमको पनि अभिनय देख्न सकिन्छ ।

पर्वतको कुश्मा, बाग्लुङ लगायतका सुन्दर स्थान मा छायांकन गरेको गीतको भिडियोमा रामेश्वर हुमागाईको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको छ । गीतमा राज आचार्य प्रियना आचार्य निरायु गौतम रुक्मिला अधिकारी(रुक्स), निशु आइडु, दिवाकर भण्डारी, अनिल गुरुङ, प्रणब सुबेदी, सबिना आचार्यको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV