नेपालसँगै विश्वका केही देश यतिबेला कठिन मोडमा छन् । कोरोना भाइरसको दोश्रो लहरले नेपाली पनि आक्रान्त छ । दैनिक सयौ मानिसको निधन भैरहेको छ । यो अवस्था कहिले हटेर जान्छ थाहा छैन । जनजीवन डर र भयमा छ ।

यस्तो बेलामा मानिसहरुले एकले अर्कालाई ढाडस दिने काम गरिरहेका छन् । अभिनेत्री स्वेता खड्काले यो समय वितेर जाने भन्दै सुरक्षित रहन अपिल गरेकी छिन् । उनले यी कठिन दिनहरु वितेर जाने भन्दै तबसम्म सर्तक, सुरक्षित रहन सबैको साथमा रहन अपिल गरेकी छिन् । उनले, मनोबल पनि उच्च राख्न आग्रह गरेकी छिन् ।

नेपाली फिल्मका कलाकारले यो समयमा कुनै न कुनै तरिकाले सहयोग गरिरहेका छन् । कसैले सामाजिक संजालबाट मानिसलाई ढाडस दिने काम गरिरहेका छन् भने कतिपयले भौतिक रुपमै सहयोग पनि गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV