अभिनेता अनमोल केसीले यो पीडादायिक समय सकिने आशा व्यक्त गरेका छन् । सामाजिक संजालमा फोटो शेयर गर्दै उनले यो आशा व्यक्त गरेका हुन् । उनले, प्रतिक्षा गर्नुहोस्, यो पीडाको अन्त्य हुनेछ भनेर उल्लेख गरेका छन् । अभिनेता अनमोल केसी फिल्म ए मेरो हजुर ४ को छायांकन सकेर बसेका छन् ।

तर, २ बर्षदेखि फिल्म रिलिज हुन नपाएपछि उनी पनि निराश छन् । अभिनेता केसीले फिल्म पारसको छायांकन सुरु गर्ने तयारी गरेका थिए । तर, कोरोनाका कारण निषेधाज्ञा भएपछि उनले काम सुरु गर्न सकेनन् ।

फिल्म क्षेत्रमा चर्चित मानिएका अभिनेता केसीले यो समय चाडै नै सकिने र फेरि राम्रो समय आउने आशा त गरेका छन् । तर, उनले आशा गरे जस्तै समय कहिले आउला ?

For More videos Log on to Mazzako TV