नेपाली फिल्मकी अभिनेत्री स्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । उनको मंगलबार दिउँसो ३ बजे कोरोनाका कारण निधन भएको हो । उनको राजधानीको एक अस्पतालमा निधन भएको वुझिएको छ ।

रिदम, ब्ल्याकमेल, प्रोड्यूसर लगायतका सिनेमामा काम गरेकी स्वेताले मिलनसँग ७ बर्ष अघि बिहे गरेकी थिइन् । स्वेता बिहेपश्चात सिनेमा क्षेत्रबाट टाढा थिइन् । मिलनलाई कोरोना संक्रमण पुष्टी भएसँगै उनको शरीरमा अस्सिजनको लेभल कम देखिएको थियो ।

यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तर, अक्सिजनको तह बढ्न नसकेपछि उनको निधन भएको हो ।

For More videos Log on to Mazzako TV