गायक तथा संगीतकार तारा लक्सम लिम्बुको संगीतमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी बिना’ बोलको गीतको म्युजिक भिडियो हालै जे आर म्युजिक नामक युटुब च्यानलमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । रबिन टोटोको शब्द रहेको गीतमा टेकेन्द्र यक्शु लिम्बुको संगीत संयोजन छ । गीतको अडियो निकै मज्जाको बनेको छ ।

सार्वजनिक भिडियोमा विश्वजित रिमाल र अस्मिता ढकालको अभिनय रहेको छ । साथै मार्वीन मौसम दराई, बिबेक पराजुली, संगीता केसीको पनि अभिनय देख्न सकिन्छ । जीवन स्वारले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । अङ्चेन लामा डिओपी रहेको भिडियोका भुपेन्द्र अधिकारी सम्पादक हुन् । ज्योति लोहार टोटो भिडियोका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV