अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्मको इतिहास हेर्ने हो भने महिलाले भन्दा पुरुष निर्देशकले महिला कलाकारलाई राम्रोसँग प्रस्तुत गरेको उल्लेख गरेकी छिन् । उनले, नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा बोल्दै यो धारणा राखेकी हुन् ।

उनले, दयाराम दाहाल, शिव रेग्मी जस्ता निर्देशकले एकदमै वुझेर राम्रोसँग प्रस्तुत गरेको पनि उल्लेख गरेकी छिन् । करिष्माले महिलाले पाउने असमान पारिश्रमिकको बिषयमा पनि आफ्नो दुखेसो रहेको बताएकी छिन् । उनले, आफूले लामो समयदेखि यो बिषयमा आवाज उठाएपनि यसको सुनुवाई नभएको उल्लेख गरिन् ।

उनले, अरु कुरामा महिलाहरु पनि पुरुषसरह आइसकेको भन्दै पारिश्रमिकको मामलामा भने अझै कम भएको बताइन् । केही अभिनेत्रीहरुले राम्रो पारिश्रमिक पाएको खबर आफूले सुनेपनि एक दुई जनाले मात्र पाएर नहुने करिश्माको भनाई छ । उनले, सबैलाई समान नजरले हेृर्नुपर्ने तर्क गरेकी छिन् ।

For More videos Log on to Mazzako TV