चलचित्र संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक अशोक शर्माले नेपालमा हलको विकल्प नभएको बताएका छन् । उनले, नेपालमा चलचित्रको कल्चर भनेकै थिएटर कल्चर भएको बताएका हुन् ।

अनलाइनको माध्यमबाट भैरहेको निफमा बोल्दै उनले चलचित्र बनाएपछि हलमा लगाउनुअघि प्रचार प्रसार गरेको हुने बताउँदै हलमा दर्शकहरुको माहोल, रियाक्सन, मनोविज्ञान वुझेर नै निर्माताले फिल्म बनाउने बताए ।

उनले हलको विकल्प नभएको पनि बताए । उनका अनुसार, चलचित्रको प्रारम्भिक बजार भनेको हल नै भएको हुँदा यसलाई विर्सेर अगाडि बढ्न नसकिने पनि बताएका छन् । लकडाउन यता २२ वा नेपाली चलचित्रका हल बन्द भएको उनले बताएका छन् ।

उनका अनुसार, जय नेपाल, कुमारी, गोपिकृष्ण जस्ता हल पनि बन्द भएका छन् । कोरोना महामारी लम्बिदै गएको अवस्थामा १० बर्षलाई गाह्रो पर्ने अशोकको तर्क छ । लकडाउनका कारण नेपाली चलचित्रका भवनहरु निकै नै मारमा परेका छन् । कतिपय हल बन्द भएका छन् भने कतिपय हल पुननिर्माणको बाटोमा लागेका छन् ।

For More videos Log on to Mazzako TV