हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलको ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक भएको छ । मातातिर्थ औंसीको छेकोमा समस्त आमाहरुको लागि सम्मानमा गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र बच्चाको सम्बन्धलाई मज्जाले प्रस्तुत गरिएको छ ।

राजा राजेन्द्रकै स्वर, संगीत तथा शब्दमा तयार गीतको लिरिकल भिडियो राजा राजेन्द्र अफिसियल युट्युब च्यानलमा हेर्न र सुन्न सकिने छ । गीतको संगीत संयोजन भने दिक्षित पौडेलको छ ।

रेकर्डिङ, मिक्सिङ र मास्टरिङ ज्योती रेकर्डस्मा फिरोज बज्राचार्यले गरेका छन् । लिरिकल भिडियोमा बिराज भण्डारीले पातमा बनाएको कला देखिन्छ । यो भिडियो दिबश हुँमागाई, सन्जिप श्रेष्ठले बनाएका हुन् ।

हाँस्यव्यङ्ग्य कलाकारको रुपमा चर्चित राजाराजेन्द्रका यसअघि ‘पिरतीको चस्मा’ वोलका गीत हिट छ ।

For More videos Log on to Mazzako TV