नेपाली फिल्मकी सफल अभिनेत्री वर्षा राउतको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । शनिबार कोरोना रिपोर्ट पोजिटिभ आएपछि वर्षाले आफूलाई आइसोलेसनमा राखेकी छिन् । सामाजिक संजालको माध्यमबाट वर्षाले यो कुराको जानकारी दिदै आफ्नो रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेकी छिन् ।

वर्षाले आफूलाई खोकी लागिरहेको र ज्यान दुखेको उल्लेख गरेकी छिन् । वर्षाले चाडै नै यो भाइरसलाई जित्ने पनि विश्वास व्यक्त गरेकी छिन् । नेपालमा दोश्रो लहरको कोरोना भाइरसका संक्रमित बढेसँगै नेपाली फिल्मका कलाकार पनि यसको चपेटामा आएका छन् । अभिनेत्री केकी अधिकारी निको भैसकेकी छिन् ।

कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री शिल्पा मास्के, सरिता लामिछाने, भिडियो निर्देशक दीपक आचार्य कोरोना पोजिटिभ रिपोर्ट आएपछि घरमै आराम गरिरहेका छन् । अब, अभिनेत्री वर्षा राउतको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।

https://www.youtube.com/watch?v=9nBM0xrnA64

For More videos Log on to Mazzako TV