कोरोना महामारीको समयमा सामाजिक संजालमा आउने नकारात्मक कुराले धेरै नै प्रभावित बनाइरहेको छ । कोरोना संक्रमितहरुलाई सामाजिक संजालमा देखिने नकारात्मक कुराले झनै असर पारिरहेको छ । जसलेगर्दा, उनीहरु शारीरिकसँग मानसिक रुपमा पनि बिरामी हुन थालेका छन् ।

अभिनेता दीपकराज गिरीले कोरोनाको महामारी रहुन्जेलसम्म आफूले सामाजिक संजालमा नकारात्मक पोष्टहरु नगर्ने उल्लेख गरेका छन् । कहिलेकाही आफूले पनि सामाजिक संजालमा नकारात्मक पोष्ट गरेको भन्दै उनले अब यसो नगर्ने पनि उल्लेख गरे ।

सामाजिक संजालमा आउने नकारात्मक पोष्टका कारण कोरोना संक्रमितलाई झनै ठूलो असर परेको भन्दै उनले पछिल्लो समय सामाजिक संजाल फोहोरी बन्दै गएको पनि बताए । सामाजिक संजालमा मानिसका निजी भन्दा निजी बिषयहरु बढी आउन थालेको भन्दै उनले यसले असर गरेको बताए ।

For More videos Log on to Mazzako TV