बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यपले नेपाली फिल्म कालो पोथी र सेतो सूर्य हेरेको बताएका छन् । बिहिबारदेखि अनलाइनको माध्यमबाट सुरु भएको निफमा आफ्नो अनुभव साट्दै उनले २ नेपाली फिल्म हेरेको बताए ।

Anurag Kashyap at arrivals for MADLY Premiere at 2016 Tribeca Film Festival, Bow Tie Chelsea Cinemas, New York, NY April 14, 2016. Photo By: Patrick Cashin/Everett Collection

उनले बेलायतमा रहँदा आफूले डीभीडीबाट २ नेपाली फिल्म हेरेको जानकारी दिएका हुन् । अनुरागले नेपालको हिमश्रृङ्खलाबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै चाडै नै नेपालमा फिल्म छायांकनका लागि आउने समेत बताएका छन् । अनुरागले, नेपालको मनोरम दृश्य, हिमाल, पहाडलाई विश्वले नै वाच गरिरहेको पनि बताएका छन् ।

उनले फिल्म निर्माणको बिषयमा आफ्नो अनुभव साटेका थिए । यसपटक कोरोनाका कारण भौतिक उपस्थितीमा निफ आयोजना हुन सकेन । जसकाकारण, निफको आयोजकले अनलाइनको माध्यमबाट यो कार्यक्रमको सुरुवात गरेको छ ।

For More videos Log on to Mazzako TV