हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ पुन अस्पताल भर्ना भएका छन् । उनको शरीरमा अक्सिनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी, २ दिन अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । कोभिड संक्रमण भएपछि उनी ८ दिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएका थिए ।

घर फर्किएलगतै मदनकृष्णले यो महामारीलाई कमजोर नहाक्न र सबैले मिलेर सामना गर्न आग्रह गरेका थिए । उनले, राजनीतिलाई महामारीमा प्रवेश नगराउन र कसैले पनि राजनीतिक प्रतिशोध नसाध्न पनि आग्रह गरेका थिए । मदनकृष्णको शरीरमा अस्सिनको तह ८४ मा पुगेको थियो ।

तर, अहिले उनको स्वास्थ्यमा सुधार भैसकेको छ । मदनकृष्णका परिवारका ५ जना नै कोभिड संक्रमण भएका थिए । मदनको अझै कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छैन ।

For More videos Log on to Mazzako TV