अभिनेता सलिनमान बनियाँ नेपाली फिल्मबाट अहिले त गुपचुप नै छन् । सलिनमान सामाजिक संजालमा त झुल्किन्छिन् । तर, उनी फिल्म क्षेत्रसँग खासै नजिक छैनन् । फिल्म यात्रामा काम गरेपछि सलिनमानले नयाँ फिल्म साइन पनि गरेका छैनन् ।

उनै, सलिनमान बनियाँ आजबाट २६ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०५२ साल वैशाख २२ गते जन्मिएका यी ह्यान्डसम अभिनेताले काम गरेको पहिलो फिल्म भने ‘ए मेरो हजुर २’ हो ।

यो फिल्ममा काम गरेपछि सलिनमान स्टार भएका थिए । उनै, सलिनमान अहिले भने आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । अस्प्रिन जिन्हा श्रेष्ठको प्रेममा रहेका सलिनमान प्रेमिकासँग चाडै बिहे गर्ने तयारीमा रहेको पनि बताउँछन् । सलिनमानले खुलेरै प्रेमको बिषयमा कुरा गर्ने पनि गरेका छन् ।

सलिनमानले नयाँ फिल्म साइन नगरेपनि उनको फिल्म क्षेत्रमा चर्चा भने खुबै हुन्छ ।

For More videos Log on to Mazzako TV