अभिनेत्री वर्षा राउतले आफ्नो जीवन र करिअरमा सुख र दुख दुबै भोगेकी छिन् । फिल्म सफलताको खुशी त एकातिर छदै छ, अर्कोतिर फिल्म क्षेत्रमा आएपछि भोगेका विवादले पनि उनलाई सताएको छ । यसैले पनि वर्षा यी सबै कुरा चिर्दै अघि बढेकी छिन् । वर्षाको पोजिटिभ सोच्ने बानी उनका फ्यानहरुलाई मनपर्छ ।

यहीकारणले पनि वर्षा पोजिटिभ सोच राखेर मुस्कुराइरहेकी हुन्छिन् । उनै, वर्षालाई एक फ्यानले तपाई किन यति धेरै पोजिटिभ भनेर सोधेका छन् । तर, यसमा वर्षाको जवाफ फरक छ । उनले, अहिले त पोजिटिभ र नेगेटिभ सुन्दा पनि डर लाग्ने गरेको बताइन् । अहिलेको माहोल नै यस्तै भएको उनले बताएकी छिन् ।

तर, उनले फ्यानलाई भने धन्यवाद दिएकी छिन् । यो कोभिडको महामारी चाडै सकियोस् र मानिसमा खुशी फर्कियोस् भन्ने चाहना आफूले राखेको वर्षाले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV