अभिनेत्री प्रियंका कार्कीले आफू गर्भवती भएको सार्वजनिक रुपमा भनेसँगै उनका विभिन्न खालका फोटोहरु सार्वजनिक भैरहेका छन् । प्रियंकाले आमा बन्न लागेको खुशी सार्वजनिक गरेसँगै उनका अन्य तस्वीरहरु पनि सार्वजनिक भैरहेका छन् । यसैले पनि प्रियंकाको कुनै तस्वीरले प्रशंसा त कुनै फोटोले आलोचना पनि भोगिरहेका छन् ।

हालै उनले र उनका श्रीमान् अभिनेता आयुष्मान देशराज जोशीले एउटा फोटो पोष्ट गरे । फोटोमा प्रियंका जुस पिउदै छिन् । उनले, आफ्नो पेटको बच्चाले पनि जुश पिउँदै गरेको संकेत दिएकी छिन् । यो फोटोको अहिले सर्वाधिक आलोचना भैरहेको छ ।

तर, प्रियंकाले भने आमाले खाँदा त्यो पेटको बच्चाले पनि खाने भएकाले आमालाई पोषिलो खानेकुरा खान सुझाव दिएको देखिन्छ । तर, उनले लकडाउनको फन भन्दै फोटो पोष्ट गर्दा यो फोटो हलुका रुपमा प्रस्तुत भएको छ ।

For More videos Log on to Mazzako TV