अभिनेत्री सारा सिर्पालीको बिहे चर्चा उनका फ्यानमाझ छ । सारा निकै नै कम मात्र मिडियामा आउँछिन् । आफ्नो तरिकाले जीवन जीउने यी अभिनेत्रीको करिअर नेपाली फिल्ममा भने जमेको छैन । तर, पनि साराको सुन्दरताको चर्चा भने खुबै हुन्छ । सारा सिर्पालीलाई एक जना फ्यानले बिहे कहिले गर्नुहुन्छ भनेर सोधेका छन् ।

जसमा उत्तर दिदै साराले जब कोही सही मानिस सही समयमा आउँछ भनेर जवाफ दिएकी छिन् । साराको यो जवाफले पनि के वुझिन्छ भने उनको जीवनमा अहिलेसम्म सही मानिसको प्रवेश भएको छैन । साराको करिअरमा अभिनेता अनमोल केसीसँगको प्रेम चर्चा पनि भएको थियो ।

तर, सारा र अनमोल दुबैले यो बिषयमा केही पनि बोलेनन् । चर्चा सकिएको थियो । अब, साराका लागि सही मानिस कहिले र कसरी आउलान्, उनी जस्तै उनका फ्यानले पनि प्रतिक्षा गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV