फिल्म छायांकन सुरु भएको ११ दिनमै यो फिल्मको टिम काम रोकेर राजधानी फर्किएको छ । यो फिल्मको छायांकन लेटाङबाट सुरु भएको थियो । तर, लेटाङबाट छायांकन अघि बढेर बुधबारे पुगेको थियो । बुधबारेको काम सकेर फिल्मको टिम सिक्किम जाने तयारीमा थियो । तर, सिक्किमा पनि कोरोना बढेको अवस्था छ ।

यस्तै, झापामा पनि आइतबार राती १२ बजेदेखि लकडाउन सुरु भएपछि फिल्मको काम अघि बढ्न नसक्ने भयो । यसपछि, भने यो फिल्मको टिमले पहिलो सेड्यूल सकिएको जानकारी दिएर काम रोकेको हो । वैशाखको ६ गतेबाट यो फिल्मको छायांकन सुरु भएको थियो ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका थिए । फिल्ममा अभिनेता धिरज मगर, अभिनेत्री अदिती वुढाथोकी र नव अभिनेता धिरज टोटलानीको मुख्य भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV