नायिका सामज्ञी राज्य लक्ष्मी शाहले अनलाइन ब्यबसाय थालेकी छिन् । उनको अनलाईन बिजनेस भने ‘लेडिज वेर’ को रहेको छ । हुन पनि अहिलेको यो बिकराल परिस्थिती, बिशेषत कोरोना कहरले गर्दा मनोरञ्जन ब्यबसाय, सिनेमाको काम, गीत संगीतको काम त्यती भईरहेको छैन । यो बेलामा कलाकारहरुले पनि आम्दानीको बैकल्पिक उपायहरु सोचिईरहेका नै छन् । यसैबीचमा नायिका साम्राज्ञीले भने लुगा बेच्ने भएकी छिन् ।

‘प्याप’ नामको अनलाईन स्टोरमा महिलाले लगाउने स्टाईलिस वेरहरु पाईन्छन् । साम्राज्ञीले उनको अनलाईन स्टोरमा पाउने लुगाहरु सहितको फोटोसुट इस्टाग्राममा पोष्ट समेत गरिरहेकी हुन्छिन् । प्राय त ‘प्याप’ मा सिल्कका पहिरनहरु बढी उपलब्ध छन् ।

साम्राज्ञीको यो अनलाई क्लोदिङ्ग स्टोरले कत्तिको सफलता पाउने हो त्यो भने हेर्न बाँकी छ । हाम्रो तर्फबाट भने उनको यो ब्यबसायका लागि मज्जाको शुभकामना । साम्राज्ञीले पछिल्लो समय केही सिनेमाहरुमा साईन समेत गरेकी थिईन तर लकडाउनले उनको सिनेमाहरुलाई पनि प्रभाव पारेको छ ।

For More videos Log on to Mazzako TV