पल शाह र प्रकृति श्रेष्ठ हिट जोडी होे । यो हिट जोडी अहिलेको होईन अलि पहिलेको नै हो । ‘हेल्लो हनि बनी’ ले जुराएको जोडी हो पल र प्रकृतिको जोडी । त्यस्तै गरेर ‘को होला त्यो म सँग आँखा जुधाउने’ गीत थाहा नहुने सायदै होलान् । यो कुरो हो २०१२ को । ९ बर्षअघि रिलिज भएको यो गीतको म्युजिक भिडियोबाट निकै चर्चामा रहेका जोडी हुन् पल शाह र प्रकृति श्रेष्ठ ।

गीत हिट, भिडियो हिट, जोडी पनि हिट । पल र प्रकृतिलाई दर्शकले धेरै भन्दा धेरै म्युजिक भिडियोमा, सिनेमामा हेर्न चाहन्थे । तर, केही भिडियोहरु र सिनेमा गरेपछि प्रकृति श्रेष्ठ विवाह बन्धनमा बाधिएर श्रीमान्का साथ अष्ट्रेलिया लागिन् । पर्दाको हिट जोडी पल र प्रकृतिको जोडी छुट्यो । निकै बर्षहरु बिते तर फेरि पनि समयले यो जोडीलाई सँगै बनाएको छ म्युजिक भिडियोमा ।

चलचित्र ‘बिहे पास’मा काम गर्नको लागि अष्ट्रेलियादेखि नेपाल आएकी प्रकृतिले यो सुनौलो मौकाको फाईदा उठाउदै पलसँग फेरि पनि म्युजिक भिडियोमा काम गरेकी छिन् । कुनै बेलाको चर्चित जोडीलाई अब चाही दर्शकले कसरी लेलान्, त्यो भने हेर्न बाँकी छ ।

लामो समयपछि यो जोडी ‘को होला त्यो म सँग माया लगाउने’ बोलको फिमेल भर्सनमा नै सँगै देखा पर्न लागेका हुन् । पल शाह र प्रकृति श्रेष्ठलाई मज्जाको टिभीको तर्फबाट अग्रिम मज्जाको शुभकामना । निकै लामो समयपछिको यो सहकार्यले राम्रो नतिजा ल्याओस् । शुभकामना ।

For More videos Log on to Mazzako TV