कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका मदनकृष्ण श्रेष्ठले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका मदनकृष्ण श्रेष्ठ करिब १ साता अस्पताल बसेपछि शुक्रबार साँझ डिस्चार्ज भएका थिए । अस्पतालबाट फर्किएपछि उनले मनछुने भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै सबैलाई धन्यवाद दिएका छन् भने सतर्क रहन अनुरोध समेत गरेका छन् ।

यो संकटको घडीमा एक अर्कामा सहयोग र माया बाड्न धेरै नै आवश्यक रहेको उनले बताएका छन् । मदनकृष्णको परिवारकका सबैलाई कोरोना संक्रमण भएपछि उनका छिमेकीले उनीहरुको हेरचाह गरेका थिए । ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फेडिदिऊँजस्तो लाग्थ्यो । सबै हावा रहेछ । त्यसैले यो समयमा कसैले कसैलाई पोलिटिकल इखबिख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ’ मदनकृष्ण भन्छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाई महशुस गरे ।

पहिलाको कोरोनाले इम्यिुनिटी पावर जिरो बनाउथ्यो तर इनर्जी पावर चाही केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठीक उल्टो लाग्यो । इम्युनिटी पावर केही बाँकी रहन्छ तर इनर्जी पावर शुन्य हुन्छ । शरीरमा इनर्जी नै छैन’ । कोरोनालाई समान्य ठानेर कसैले पनि हेलचेक्राई नगर्न भनेर उनी सबैसामु अनुरोध गर्छन् । हुन पनि यतिबेला कोरोनाको संक्रमण निकै उच्च गतिमा बढिईरहेको छ ।

यो बेला भारतमा त कोरोनाको सुनामी नै आएको छ । भारतको छिमेकी भएको अझ त्यसमा पनि खुला सिमानाको कारणले गर्दा नेपालमा पनि संक्रमण निकै बढ्ने आँकलन गरिईको छ । यो बेला हामी आफै नै सचेत हुने बेला हो । त्यसैले बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले भनेझै कोरोनालाई खेलाची नठानौं, कोरोनाले भयावह अवस्था ल्याउन सक्छ । हामी सबै बेलौमा सचेत बनौं ।

For More videos Log on to Mazzako TV